इजरायली सेनाद्वारा गाजा शहरमा प्रारम्भिक सैन्य कारबाही सुरु « Khabarhub

इजरायली सेनाद्वारा गाजा शहरमा प्रारम्भिक सैन्य कारबाही सुरु


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा शहर छेउछाउमा तीव्र रूपमा कारबाही भइरहेको बताए ।

उनका अनुसार, इजरायलले आफ्ना बन्धकहरूको सुरक्षाका लागि र हमास समूहको संरचना पूर्ण रूपमा हटाउने उद्देश्यले कारबाहीलाई अझ सशक्त बनाउने तयारी गरेको छ । त्यसै दिन इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै गाजा शहरमा लागू हुँदै आएको दैनिक १० घण्टे मानवीय विराम स्थगन गरिएको जानकारी गराएको छ ।

अबदेखि उक्त सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ को रूपमा घोषणा गरिएको छ । यो मानवीय विराम जुलाई २७ गतेदेखि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लागू हुँदै आएको थियो, जसको समन्वय संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले गरेका थिए ।

यस अवधिमा गाजा शहर, अल मावासी र देइर अल बलाह क्षेत्रमा राहत सामग्री तथा अन्य सहयोग पुर्‍याउने कार्य सहज रूपमा सञ्चालन हुँदै आएको थियो । हाल इजरायली सेनाले गाजासिटीलाई घेरेर केही सातादेखि हवाई आक्रमण र तोपखाना प्रहार जारी राखेको छ । अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त भइरहे पनि इजरायली सेनाले सहरमा नियन्त्रण स्थापनाका लागि तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  २ : २६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका