लोकतान्त्रिक मुलुकलाई चिनियाँ परेडमा सहभागी नहुन ताइवानको आह्वान « Khabarhub

लोकतान्त्रिक मुलुकलाई चिनियाँ परेडमा सहभागी नहुन ताइवानको आह्वान


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले विश्वका लोकतान्त्रिक मुलुकहरुलाई चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी नहुन आह्वान गरेको छ । ताइवानको मुख्यभूमि मामिला परिषदकी उपमन्त्री शेन यउ चुङले सैन्य परेडबाट चीनले लोकतान्त्रिक एकतालाई खलल पु¥याउनसक्ने आशंका व्यक्त गर्दै यस्तो आह्वान गरेका हुन् ।

चीनले आगामी सेप्टेम्बर ३ का दिन दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औँ वार्षिकोत्सवका अवसरमा राजधानी बेइजिङमा विशाल सैन्य परेड आयोजना गर्दैछ । ताइपेई टाइम्सका अनुसार यस परेडमा दशौँ हजार सैनिक सहभागी हुने र अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गरिने अपेक्षा गरिएको छ ।

यस परेडमा विभिन्न २६ देशका सरकार प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, म्यान्मारको सैन्य सरकारका प्रमुख मिन आउङ ह्लियाङ, कम्बोडियाका राजा नरोदोम सिंहमनी, इण्डोनेशियाका राष्ट्रपति प्रोबोवो सुबियन्तोलगायतका नेताहरु उपस्थित हुने चीनले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ३८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर