सन्दीपको शानदार अर्धशतकमा आसामविरुद्ध नेपाल ‘ए’को लगातार दोस्रो जित | Khabarhub Khabarhub

सन्दीपको शानदार अर्धशतकमा आसामविरुद्ध नेपाल ‘ए’को लगातार दोस्रो जित


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा सन्दीप जोराको शानदार अर्धशतकको साथमा नेपालले आसामलाई ९ रनले हराएको हो।

यो अभ्यास खेलको जितसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ। पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।

शनिबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले आसामलाई १९७ रनको लक्ष्य दिएको थियो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रन बनाएको हो। नेपालका लागि सन्दीपले शानदार अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ७४ रन बनाएका हुन्।

आदिल आलामले ३५, तिर्थराज दास ३३ रन बनाउँदा कप्तान अनिलकुमार साह ३१ रन जोडेका थिए। आसामका आकाश सेनगुप्ताले दुई विकेट लिए।

जवाफी ब्याटिङमा पूरै २० ओभर खेल्दै आसामले मात्र १८७ रन बनाउन सक्यो। आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाउँदा कप्तान सुमित घाडीगाउँकरले ३६ र अब्दुल अजिज ३१ रन बनाए।

नेपालका कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बसीर अहमदले समान दुईदुई विकेट हात पार्दा आदिल आलमले एक विकेट लिए।

टिम नेपाल ‘ए’ । तस्बिरः क्यान

आइतबार साँझ नेपाल र आसामले चौथो टी-२० अभ्यास खेल्दैछन्। अन्तिम अभ्यास खेल सोमबार हुनेछ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ५८ बजे

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक

निर्वाचन आयोगले दल चिन्छ, जेन-जी चिन्दैन : नारायण भट्टराई 

काठमाडौं–  १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित