हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित « Khabarhub

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि नर्वे युइएफए नेसन्स लिगअन्तर्गत ‘लिग ए’ समूह ४ को खेलमा पोर्चुगलसँग २–१ गोल अन्तरले पराजित भएको छ। जितसँगै पोर्चुगलले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।

आइतबार राति सम्पन्न खेलको १७औँ मिनेटमा पेड्रो नेतोको पासमा जोआओ फेलिक्सले गोल गर्दै भ्रमणकारी टोली पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५१औँ मिनेटमा प्याट्रिक वर्गको पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेका लागि बराबरी गोल फर्काए। यो नेसन्स लिगमा हालान्डको २२औँ गोल हो। यससँगै उनी नेसन्स लिगको इतिहासमै सर्वाधिक गोलकर्ताका रूपमा आफ्नो कीर्तिमानलाई थप मजबुत बनाउन सफल भएका छन्।

हालान्डको गोलको खुसी नर्वेले लामो समय मनाउन पाएन। गोल भएको तीन मिनेटमै ५४औँ मिनेटमा नर्वेका गोलरक्षक ओर्जन निल्यान्डको गम्भीर गल्तीको फाइदा उठाउँदै गोन्सालो रामोसले पोर्चुगलका लागि निर्णायक गोल गरे। निल्यान्डले सिधै रामोसलाई दिएको बललाई उनले चिप गर्दै उत्कृष्ट ढङ्गले जाली चुमाएका थिए।

त्यसपछि पनि राफेल लिआओको प्रहार बारमा ठोक्किएर फर्किएपछि प्राप्त बलमा रामोस चुक्न पुगेका थिए। निल्यान्डकै अर्को गल्तीमा रामोसले पुनः बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड ठहर गर्दै गोलको मान्यता दिएन।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई यस खेलमा बेन्चमै सीमित राखिएको थियो। आफ्नो व्यावसायिक खेल जीवनमा १,००० गोलको कोसेढुङ्गा पछ्याइरहेका ४१ वर्षीया रोनाल्डोले उक्त उपलब्धि हासिल गर्न अझै २१ गोल गर्न बाँकी छ।

यस्तै चोटका कारण म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस पनि पोर्चुगलको टोलीमा समावेश थिएनन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ५८ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर