प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन « Khabarhub

प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ एनलाईको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन्।

यसअघि आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।

शनिबार बिहान चीन पुगेका ओली अहिले जियानजिनमा रहेका छन्। साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थियानजिन सहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका छन्।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १० : ३६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२