पर्सामा झाडापखाला तथा हैजाको प्रकोप बढ्दै, संक्रमितको संख्या ७ सय ८९ पुग्यो | Khabarhub Khabarhub

पर्सामा झाडापखाला तथा हैजाको प्रकोप बढ्दै, संक्रमितको संख्या ७ सय ८९ पुग्यो


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ । 

योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ । 

गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । 

प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न संघसस्थाहरुको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १ : १३ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक