सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन « Khabarhub

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धरान– सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीर जङ्ग थापाले जानकारी दिए । 

सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, सम्भावित चुनौती र समाधानका रणनीति विषयमा छलफल गर्दै, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वका सन्दर्भमा देखिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको प्रवक्ता थापाले बताए । 

आइतबार आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्षितगरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाईहरूलाई निर्देशन दिए ।

उनले चाडपर्व नजिकिँदै गर्दा भीडभाड, चोरी–डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । 

सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखको सहभागिता थियो । रासस

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ४ : ०४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली