टुँडिखेलमा गौरा पर्वको उत्सव (तस्बिरहरू) | Khabarhub Khabarhub

टुँडिखेलमा गौरा पर्वको उत्सव (तस्बिरहरू)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा पनि मनाइएको छ ।

हरेक वर्षजस्तै सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन् । 

मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरापर्व सुरुसुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौंमासमेत विशेष रूपमा मनाउन थालिएको हो । 

परापूर्व कालदेखि मनाउँदै आएको गौरापर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट पहिचानका रूपमा परिचित छ । गौरा पर्वको ऐतिहासिक एवं पौराणिक महत्त्व बोकेको छ । गौरा पूजनका हिसाबले यस दिन महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । 

महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : ४९ बजे

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौं– मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती

प्रचारप्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा

कञ्चनपुर– दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी

भोजपुरमा सुन्तलामा फल झर्ने रोग, किसान समस्यामा

भोजपुर– सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका