टुँडिखेलमा गौरा पर्वको उत्सव (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा गौरा पर्वको उत्सव (तस्बिरहरू)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा पनि मनाइएको छ ।

हरेक वर्षजस्तै सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन् । 

मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरापर्व सुरुसुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौंमासमेत विशेष रूपमा मनाउन थालिएको हो । 

परापूर्व कालदेखि मनाउँदै आएको गौरापर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट पहिचानका रूपमा परिचित छ । गौरा पर्वको ऐतिहासिक एवं पौराणिक महत्त्व बोकेको छ । गौरा पूजनका हिसाबले यस दिन महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । 

महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : ४९ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर