माधव नेपालविरुद्ध झलनाथ-घनश्यामले कसे मोर्चा, झाँक्री पनि जोडिइन् « Khabarhub

माधव नेपालविरुद्ध झलनाथ-घनश्यामले कसे मोर्चा, झाँक्री पनि जोडिइन्


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीभित्रको किचलो बढ्दै अलग अलग भेलासम्म पुगेको छ।

अध्यक्ष माधवकुमार नेपालविरुद्ध शक्ति संघर्ष गर्दै आएका सम्मानित नेता झलनाथ खनालले आइतबार अलग्गै गुट भेला गरेका छन् ।

उक्त गुट भेलामा महासचिव घनश्या भुसाल र नेतृ रामकुमारी झाँक्रीसमेत मिसिएका छन् ।

उक्त गुट भेलामा उपाध्यक्षसमेत रहेकी जयन्ती राई, डा. विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, गरिमा शाह पनि सहभागी छन् ।

त्यसैगरी समाजवादी स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही पनि भेलामा छन् ।

यो समूहले काठमाडौँको शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा गुट भेला गरेको हो । पछिल्लो समय अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै सम्मानित नेता खनाल र महासचिव भुसालले मोर्चा कसेका छन् ।

भ्रष्टाचार मुद्दासमेत खेपिरहेका अध्यक्ष नेपालको मनलाग्दी कार्यशैली र अहंकारी व्यवहारबाट आजित भएकाले भेला गर्नुपरेको नेताहरूको तर्क छ ।

नेपाल र खनालबीचको शक्ति संघर्षका कारण समाजवादी संकटमा परेको छ । झलनाथलाई साथ दिए पनि अहिलेसम्म मौन रहेका महासचिव भुसाल पनि अब खुलेका छन् ।

अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता वार्ता तीव्र पारेसँगै यो समूह बिच्किएको हो । आफूहरूलाई थाहै नदिई समाजवादीलाई माओवादीको जिम्मा लगाउन लागिएको भन्दै उनीहरू रुष्ट छन् ।

यसअघि पार्टीमा देखिएको विवाद अहिले भ्रातृसंगठनमा समेत पुगिसकेको छ । युवासंघ नेपाल र अनेरास्ववियूमा समानान्तर अभ्यास नै चलिरहेको छ। नेकपा एमाले छाडेर चार वर्ष निष्क्रिय रहेका वामदेव गौतमलाई भित्र्याएपछि त झन् यो पार्टी फुटतिर उन्मुख भएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ५ : ५७ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई