नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ सम्पन्न | Khabarhub Khabarhub

नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ सम्पन्न

बालबालिकाका अद्वितीय क्षमता उजागर


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस चर्चित प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ ।

प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताहरूले आफ्नो उल्लेखनीय प्रदर्शनका साथ निर्णायक मण्डल र उपस्थित दर्शकहरूलाई  आकर्षित गरे । बाल प्रतिस्पर्धीहरूको उत्साह र प्रस्तुतिले कार्यक्रममा ऊर्जाको सञ्चार गराएको थियो ।

यस वर्षका मुख्य विजेताहरूका रूपमा जुनियर गर्ल्सतर्फ आभ्या ढकाल, सिनियर ब्वाइजतर्फ जोसेफ राई र सिनियर गर्ल्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को प्रतिष्ठित उपाधि हात पारेका छन् । उनीहरूले आफ्नो अद्वितीय प्रस्तुति र कलाले सबैको मन जित्न सफल भएका थिए ।

अन्य उपाधि विजेताहरू:

फस्ट रनरअप:

जुनियर गर्ल्स: ताशी लामु शेर्पा

सिनियर गर्ल्स: आयुषी काफ्ले

सिनियर ब्वाइज: उर्गेन दॊर्जे लामा

सेकेण्ड रनरअप:

जुनियर गर्ल्स: रुहारिका श्रेष्ठ

सिनियर ब्वाइज: कियान जंग कार्की

सिनियर गर्ल्स: सिपोरा सुनुवार

थर्ड रनरअप:

जुनियर गर्ल्स: समृद्धि तामाङ

सिनियर ब्वाइज: रितेज तामाङ

सिनियर गर्ल्स: तिमिला श्रेष्ठ

फोर्थ रनरअप:

जुनियर गर्ल्स: जयश्री पुडासैनी

सिनियर गर्ल्स: रुविशा थापा

विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा पुरस्कृत गरिएको थियो, जसले उनीहरूको हौसलालाई थप बढाएको छ । यस वर्षको प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन नेपालका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक रहेका थिए ।

निर्णायक मण्डलमा ब्युटिफुल माइन्ड्स प्रि-स्कुलकी संस्थापक प्रिन्सिपल नीलिमा मास्के श्रेष्ठ, वरिष्ठ मिडियाकर्मी लभ कार्की, सफल व्यापार उद्यमी पाबिना खड्का, सीजी-लर्निङका प्रमुख ब्रान्डिङ, पार्टनरसिप र रणनीतिक अधिकारी शिरिष रत्न तुलाधर, काठमाडौँ वर्ल्ड स्कूलका वरिष्ठ स्कुल को-अर्डिनेटर प्रणब जोशी, ड्याफोडिल पब्लिक स्कुलकी स्कुल सुपरभाइजर तरला शेर्पा र न्युज दैनिकका सम्पादक कल्पना शर्मा रहेका थिए । निर्णायकहरुको मूल्यांकन र विशेषज्ञताले प्रतियोगिताको गरिमालाई थप उचाइमा पुर्‍याएको थियो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मूल उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउनु रहेको बताए ।

फैजुले भने, ‘यस प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । उनीहरू विदेशमा समेत कलाका माध्यमबाट चम्कनेछन् ।’

प्रतियोगिताको कोरियोग्राफी पनि राज फैजुले नै गरेका थिए भने आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ हरेक वर्ष बालबालिकाका लागि एउटा रचनात्मक, प्रेरणादायी र सशक्त मञ्च बन्दै आएको छ । यसले नेपाली बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र उज्ज्वल भविष्यका लागि तयार हुन प्रोत्साहन गरिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ०९ बजे

पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन, आकाङ्क्षा र निर्णयबीच अन्तर विरोध हो : एमाले महासचिव

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित

काठमाडौं– २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक