८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण « Khabarhub

८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । 

सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा  स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् । 

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने किट नियन्त्रक केसीले बताए।
 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २३ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी