सुरेन्द्र पाण्डे भन्छन्- संविधानले रोकेको छैन, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउँछौँ « Khabarhub

सुरेन्द्र पाण्डे भन्छन्- संविधानले रोकेको छैन, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउँछौँ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताएका छन् । 

काठमाडौँमा आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको स्पष्ट पारे ।

पाण्डेले भने, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन । संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन।’

राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था भए पनि संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन ।

‘संविधानले नै नरोकेको विषयमा कुनै पार्टीले विधान बनाएर रोक्न मिल्दैन । कुनै पनि बहानामा कसैलाई पनि सदस्य बन्नबाट रोक्न पाइँदैन,’ पाण्डेले जोड दिए ।

उनले यससँगै पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काउँदैमा तत्कालै नेतृत्वमा पुग्ने भन्ने भ्रम नफैलाउन आग्रह गर्दै भने, ‘पार्टीमा लाग्दैमा कोही अध्यक्ष भइजान्छ भन्ने हुँदैन।’

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा आउन रोकेको अवस्थामा उनी पक्षधरहरू ढिलो चाँडो उनलाई फर्काउने कोसिसमा छन्  ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : २२ बजे

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर