यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप « Khabarhub

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ जिल्ला कार्यसमिति गठनमा विवाद देखिएको छ ।

गत शुक्रबार आयोजित सम्मेलनमा बहुमत सदस्यहरूको भावनाविपरीत केन्द्रीय समितिबाट हस्तक्षेप भएको भन्दै असन्तुष्टहरूले आइतबार वक्तव्य सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन मण्डलका अध्यक्ष देवान राईले पार्टीको झोले शैलीमा नयाँ कार्य समिति घोषणा गरको भन्दै पुनः जिल्ला सम्मेलन गर्न माग गरिएको छ ।

एमालेनिकट राईको निर्णयमा यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईलेसमेत सहमति जनाएका बताइएको छ । हाताचो कांग्रेसनिकट नेता हुन् ।
सम्मेलनमा कांग्रेस र एमालेले पहिचान पक्षधरहरूलाई पाखा लगाउन जबरजस्त हस्तक्षेप गरेको सम्मेलनमा सहभागी एक सदस्यले बताए ।

‘बन्द सत्रबाट निर्वाचन मण्डलका सदस्यले नै हलबाहिर लागि दर्जन युवाहरू माझ मानसिक शारीरिक यातना दिएका थिए । अध्यक्षमण्डलबाट यो घटनाबारे किन मौन बसेको थियो ? धाकधम्की दिएर उम्मेदवारी पत्रसमेत खोस्ने प्रयास भएको थियो । यी सबै घटनाक्रमहरूको भिडियो फुटेज कार्यक्रम स्थलमा सुरक्षित रहेको छ’,विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तिमा निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष देवान राईले गोजीबाट कार्यसमितिको नाम निकालेर घोषणा गरेपछि यस्तो अवस्था आएको बताइएको छ।

उपाध्यक्ष राईको यस्तो कार्यप्रति बहुसंख्यक प्रतिनिधिहरूले विरोध गरेर कार्यक्रमस्थल छाडेपछि घोषणा गरिएको कार्यसमितिलाई सपथसमेत नखुवाइएको बताइएको छ ।

विज्ञप्तिमा बन्द सत्र किन छोडेर हिँडेको भन्ने ब्यापक प्रश्न उठेको भन्दै आयोजकहरू र प्रतिनिधिलाई बोल्न समय नदिएको तथा नेतृत्व चुन्ने चुनिने अधिकारबाट बञ्चित गरी गोजीबाट कागजको चिर्कटो पढेपछि बहुमतले हल छाडेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पहिचान पक्षधरलाई आतङ्कित पार्ने प्रयास भइरहेको उल्लेख गर्दै पहिचान विरोधीको सशक्त प्रतिरोध गर्न पनि आह्वान गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ४ : ४९ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस