हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक | Khabarhub Khabarhub

हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १३ अर्थात् फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार गायिका मेलिना राई र गायक आशिष अविरलको स्वर रहेको ‘ढाका टोपी’बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका तीन कलाकार हरिवंश आचार्य, नायिका स्वस्तिमा खड्का र गायक तथा नायक प्रकाश सपुत फिचर्ड छन् । यस गीतको भिडियोमा स्वस्तिमा र प्रकाश हाबी छन् ।

भिडियोमा दर्जनौं कोरश अगाडि स्वस्तिमा र प्रकाशले नृत्य गरेका छन् । हरिवंश भने फिल्ममा निर्वाह गरेको पात्र ‘हरिबहादुर’को चरित्रमा छन् । उनलाई हाँस्य भूमिकामा प्रस्तुत गरिएको छ । गीतको बीच–बीचमा उनले पनि ठुम्का लगाएका छन् ।

यस भिडियोको कोरियोग्राफर किरण थापा हुन् । गीतको चर्चा गर्नुपर्दा शब्द दानबहादुर कार्कीले लेखेका हुन् । यसमा दीपक शर्माको संगीत रहेको छ । गीत लोक फ्लेबरमा तयार पारिएको छ ।

यसअघि फिल्मको ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले युट्युबमा २० लाखभन्दा बढी भ्युज पाएको छ ।

फिल्ममा भने हरिवंश, स्वस्तिमा, प्रियंका कार्की, प्रकाश सपुत शीर्ष भूमिकामा रहेका छन् । यसको लेखक हरिवंश आफैँ हुन् भने निर्देशक दीपेन्द्र के खनाल हुन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्ममा सरोज ओली र मोहितबंश आचार्यको लगानी रहेको छ ।

गीतको लिंक :

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ३३ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई