स्यस्य : समाज यलको कार्यशाला सम्पन्न « Khabarhub

स्यस्य : समाज यलको कार्यशाला सम्पन्न


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्यस्य : समाज यलको आयोजनामा स्यस्यः संवाद एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाले गत शनिबार र आइतबार ललितपुरको झरुवाराशीमा गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपती केदारभक्त माथेमा, पूर्वमन्त्री ओमकार श्रेष्ठ, ऋद्धिबाबा प्रधान, पूर्वराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, संस्कृतिविद् एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, इन्जिनियरिङका प्राध्यापक प्रचण्डमान प्रधान, वरिष्ठ चिकित्सक एवम् समाजसेवी डा. जगदीसलाल वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु प्रदLपकुमार श्रेष्ठ, कुशकुमार जोशी, डा. तरुन राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

स्यस्यः भन्नाले नेवाः समुदायमा श्रेष्ठ, मल्ल, जोशी, अमात्य, चिपालु, बिजुक्छे, कायस्थ, प्रधान, सिंह, राजभण्डारी, हाडा, मलेकुजस्ता एक सयभन्दा बढी उपजाती रहेको समुदाय हो ।

यसै समुदायको प्रतिनिधित्वका लागि वि.स. २०७० सालमा स्यस्यः समाज यलको स्थापना गरिएको थियो । परम्परागत रूपमा ‘शिक्षित, उच्च प्रशासक, व्यापारी, सम्भ्रान्त वर्ग’ का रूपमा चिनिएपनि पछिल्लो नीति निर्माण तहमा यस समुदायको उपस्थिति कमजोर बन्दै गइरहेको भन्दै गोष्ठीमा चिन्ता व्यक्त गरिएको थियो ।

गोष्ठीमा सहभागीहरुले यस संस्थाले अब सामान्य कार्यक्रमभन्दा बाहिर निस्केर पुनरुत्थान र पुनर्जागरणको अभियान मा लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए । गोष्ठीले भाषा, संस्कृति, परम्परा, मूर्त तथा अमूर्त सम्पदा, तःजी लजी जगेर्ना, सामाजिक–राजनीतिक पहिचानजस्ता विषयमा ध्यान दिएर पुनर्जागरण ल्याइ राष्ट्रिय हितमा काम गर्नुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी