स्यस्य : समाज यलको कार्यशाला सम्पन्न « Khabarhub

स्यस्य : समाज यलको कार्यशाला सम्पन्न


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्यस्य : समाज यलको आयोजनामा स्यस्यः संवाद एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाले गत शनिबार र आइतबार ललितपुरको झरुवाराशीमा गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपती केदारभक्त माथेमा, पूर्वमन्त्री ओमकार श्रेष्ठ, ऋद्धिबाबा प्रधान, पूर्वराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, संस्कृतिविद् एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, इन्जिनियरिङका प्राध्यापक प्रचण्डमान प्रधान, वरिष्ठ चिकित्सक एवम् समाजसेवी डा. जगदीसलाल वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु प्रदLपकुमार श्रेष्ठ, कुशकुमार जोशी, डा. तरुन राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

स्यस्यः भन्नाले नेवाः समुदायमा श्रेष्ठ, मल्ल, जोशी, अमात्य, चिपालु, बिजुक्छे, कायस्थ, प्रधान, सिंह, राजभण्डारी, हाडा, मलेकुजस्ता एक सयभन्दा बढी उपजाती रहेको समुदाय हो ।

यसै समुदायको प्रतिनिधित्वका लागि वि.स. २०७० सालमा स्यस्यः समाज यलको स्थापना गरिएको थियो । परम्परागत रूपमा ‘शिक्षित, उच्च प्रशासक, व्यापारी, सम्भ्रान्त वर्ग’ का रूपमा चिनिएपनि पछिल्लो नीति निर्माण तहमा यस समुदायको उपस्थिति कमजोर बन्दै गइरहेको भन्दै गोष्ठीमा चिन्ता व्यक्त गरिएको थियो ।

गोष्ठीमा सहभागीहरुले यस संस्थाले अब सामान्य कार्यक्रमभन्दा बाहिर निस्केर पुनरुत्थान र पुनर्जागरणको अभियान मा लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए । गोष्ठीले भाषा, संस्कृति, परम्परा, मूर्त तथा अमूर्त सम्पदा, तःजी लजी जगेर्ना, सामाजिक–राजनीतिक पहिचानजस्ता विषयमा ध्यान दिएर पुनर्जागरण ल्याइ राष्ट्रिय हितमा काम गर्नुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : २२ बजे

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको

पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)

काठमाडौं– आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड

ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : मन्त्री मेहता

काठमाडौं– धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं- सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक