सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन « Khabarhub

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको छ ।
    
पहिरोका कारण बीच बाटोमै रोकिएका यातायातका साधन पहिरो पन्छाए पछि आज अपराह्नदेखि गन्तव्यतर्फ लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 
   
प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य धनगढी– डडेलधुरा (भीमदत्त)राजमार्गको भातकाँडा खण्डमा गएको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो ।

यसैगरी कैलालीको सहजपुर सडक, बैतडीको झुलाघाट सडक, गिरीगडा सडक र देहीमाडौँ सडक खण्डको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो । सडक अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमै रोकिएका थिए । 
 
पहाडी क्षेत्रको मुख्य राजमार्ग डडेलधुरा–दिपायल सडकखण्डको रडुवा खोलामा पहिरो रोकिएको छैन । निरन्तरको वर्षासँगै यहाँ पटक पटक पहिरो जाने र पन्छाएर यातायात सञ्चालन गर्ने क्रम जारी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
  
यसैगरी दार्चुलाको मलिकार्जुन गाउँपालिका–३ को तेर्सेलेकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । सुदूरपश्चिम प्रदेशमा गत आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सबैभन्दा बढी १९६।४ मिलिमिटर र डडेलधुराको जोगबुढामा ११३।८ मिमि वर्षा मापन भएको छ । 
  
अन्य क्षेत्रमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जय साहले महाकाली नदीमा जलसतहले आज सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराइएको जानकारी दिए। 
  
वर्षासँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीको बाढीले झोलुङ्गे पुल नजिकैको बाँध भत्काएपछि कुतियाकवर, शान्ति टोललगायतका बस्तीका ४५ घरधुरी डुबानमा परेका छन् । डुबान प्रभावित परिवारलाई सुरक्षितस्थलमा सारिएको छ । 

साहले भने, “जोगबुढा नदीमा यसै वर्ष पूर्वसूचना दिने यन्त्र जडान गरिएकाले तटीय क्षेत्रका वासिन्दालाई सम्भावित बाढीको जोखिमबारेमा पूर्वसूचना दिएर मानवीय क्षति हुनबाट बचाएका छौँ, अन्य नदीहरूमा पनि पूर्वसूचना दिने यन्त्र यसअघि जडान गरिएको छ ।”  
    
जलसतह बढेसँगै महाकाली नदीमाथिको पुलमा भारतीय पक्षले चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विभागले आगामी २४ घन्टा कैलाली र कञ्चनपुर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन र डोटी, डडेलधुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र बाजुरा जिल्लावासीलाई सतर्कता अपनाउन सचेत गराएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : ०३ बजे

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न