प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ « Khabarhub

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताएका छन् ।

सिजन मिडियाको १७ औँ वार्षिकोत्सवको अवसरमा एसियाली मुलुकका विभिन्न पेसा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा आज आयोजित ‘एसियाली व्यावसायिक उपलब्धि पुरस्कार २०२५’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यस्ता कार्यले सकारात्मक र नयाँनयाँ काम गर्नेहरुलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

“देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान पु¥याउनेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ,” उनले भने ।

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताए । उनले अन्तरराष्ट्रियस्तरको यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताए। उनले २०७२ सालको भूकम्पले क्षति पु(याएका सबै देवालय, शिवालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराए ।

सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरुलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूरदराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गरे । उनले मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्नुपर्नेमा जोड दिए।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताए । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु(याएका एसियाली मुलुकका २९ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : २६ बजे

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको