डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान « Khabarhub

डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् ।

समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रुप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो ।

पुनः धानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताए । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उनको भनाइ छ । उनका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताए । यहाँमात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उनले जोड दिए ।

सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघारा (फल) खेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताए । उनका अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ ।

गत साउन १५ पछि आएको बाढीका कारण जलेश्वरका अधिकांश खेती डुबानमा परेपछि किसानको सहजताका लागि खेत तथा पोखरीमा सिँघाराखेती सुरु गरिएको जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बताए ।

वर्षौँदेखि बाँझो रहेको जलाशयमा यहाँ ५०–६० परिवारले खेती सुरु गरेका जलेश्वर–४ का किसान रामजनम सहनीले बताए । स्वाद मीठो र लोकप्रिय सिँघारा असोजदेखि बिक्रीका लागि तयारी हुन्छ । सिँघारा प्रतिकिलो १२० देखि १८० सम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी गर्न सकिने जलेश्वर–२ का दिलचन मुखियाले जानकारी दिए ।

मिथिलाञ्चलमा पूजाआजा गर्दा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मनपराउने किसान जीबछ मोमिनले बताए । सिँघारा बेचेर प्रतिकिसान दुई–तीन लाखसम्म आम्दानी गर्न सकिने जलेश्वर–९ का किसान सिया यादवको भनाइ छ ।

बाह्रै मास पानीले भरिभराउ रहने जलेश्वर र वरपरका क्षेत्रमा सिँघाराको व्यावसायिक खेती प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा हुने सिँघाराखेतीबारे कुनै अभिलेख छैन ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यो खेती गर्ने किसानका लागि सङ्घले विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उनले प्रतिबद्धता जनाए । (रासस)

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ०४ बजे

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’