काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड बाँडफाँड भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित मूल्यका दरले जम्मा १० करोड इकाई बाँडफाँड भएको हो ।
कम्पनीले म्युचुअल फण्ड बिक्रीका लागि असार ३ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।
क्यापिटलले १ करोड ५० लाख इकाई योजना एनआईसी एशिया क्यापिटलले सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बिक्री गरेको छ ।
सर्वसाधारणले कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन खुला गरिएको थियो ।
प्रतिक्रिया