युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : १३ बजे

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

चितवन– सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले