चीन पुगे किम, के खास छ हरियो रेलमा ? | Khabarhub Khabarhub

चीन पुगे किम, के खास छ हरियो रेलमा ?


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् ।

उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले पराजय व्यहोरेको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम चीन पुगेका हुन् ।

उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनले सैन्य परेडलाई किमले सहभागिता जनाउने सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी हुँदैछन् ।

रोडोङ सिन्मुनले किमका फोटोहरु सार्वजनिक गरेको छ । फोटोमा उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुईसँगै किम विशेष रेलमा बसिरहेको देख्न सकिन्छ । उनको पछाडि उत्तर कोरियाको झण्डा रहेको छ भने टेबलमा बन्द ल्यापटप छ । अर्को फोटोमा हरियो रेलबाहिर किमले चुरोट हातमा लिएको पनि देखिएको छ ।

किम जोङ उन र उनका पूर्ववर्ती शासकहरु विदेश भ्रमणमा जाँदा रेलको प्रयोग गर्दै आएका छन् । रोयटर्सका अनुसार किम जोङ उनका बाबु किम जोङ इल उड्न डराउँथे । त्यसैले उनी रेलमा यात्रा गर्थे । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्नका लागि सन् २०१९ मा भियतनाम जाँदा पनि किम रेल चढेरै पुगेका थिए ।

यो रेल गोली र बम हान्दा पनि सुरक्षित हुने हिसाबले निर्माण गरिएको दाबी गरिएको छ ।

उनको रेलमा आक्रामक हतियारका साथै आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत राख्ने व्यवस्था रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ ।

धेरै सुरक्षा बन्दोबस्त गरिएको र भारी धातुको प्रयोग भएका कारण यो रेल ५० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्छ जुन औसतमा धेरै नै सुस्त हो ।

किमको रेलभित्र विलासी गाडीहरु पनि राख्ने गरिएको छ भने रेलमा कोरियाली, रुसी, चिनियाँ, फ्रेन्चका साथै जापानी परिकारको पनि व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।

त्यसबाहेक रेलभित्र किमका लागि विशेष कार्यालय बनाइएको छ । रेलभित्र शयनकक्ष, शौचालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि बेग्लै डिब्बाहरुको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ३० बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले