भारत र पाकिस्तानमध्ये को शक्तिशाली ? परमाणु शक्तिमा पाकिस्तान अगाडि, सैन्य क्षमतामा भारत « Khabarhub

भारत र पाकिस्तानमध्ये को शक्तिशाली ? परमाणु शक्तिमा पाकिस्तान अगाडि, सैन्य क्षमतामा भारत


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत र पाकिस्तानबीच युद्धको अवस्था बनेको छ । भारतीय वायुसेनाले लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी आकाशबाट जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त पारेको र उक्त हमलामा तीन सय ५० भन्दा धेरै आतंकवादी मारिएको दाबी गरेको छ ।

उता पाकिस्तानले भने भारतीय दाबीको खण्डन गरेको छ । तर भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रुभुताको उल्लंघन गरेको र त्यसको उचित जवाफ दिने बताएको थियो ।

बुधबार विहानबाट भारत र पाकिस्तानबीचको तनाव थप बढेको देखिएको छ ।

आफ्नो क्षेत्रमा आएको भारतीय युद्ध विमानलाई खसालेको र एक जना पाइलटलाई पक्राउ गरेको पाकिस्तानले जनाएको केही मिनेटमै आफूहरुले पनि पाकिस्तानी लडाकू विमानलाई खसालेको दाबी गरेको छ । यद्दपी यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

भारत र पाकिस्तानबीच तनाव बढेसँगै यी देशहरुको सैन्य शक्ति, परमाणु शक्ति र हतियार शक्तिबारे आम रुपमा चासो देखिएको छ । आखिर कति छ त भारत र पाकिस्तानबीच हतियार, सेना, आणविक शक्ति ?

स्थल सेना

इन्टरनेशन इन्स्टिच्युट फर स्टारटेजिक स्टडीजको आकडालाई आधार मान्ने हो भने भारतसँग १४ लाख सैनिक छन् । यसका अलावा भारतसँग ३५६३ युद्ध ट्यांक, ३१०० इन्फेन्ट्री लडाकू वाहन, २२६ वम प्रतिरोधक बख्तरबन्ध गाडी तथा ९७१९ तोप छन् ।

पाकिस्तानको सेनामा ५.६ लाख सैनिक रहेको र पाकिस्तानसँग २४९६ ट्यांक, १६०५ वम प्रतिरोधक बख्तरबन्ध गाडी र ४४७२ तोप छ ।

मिसाइल शक्ति

भारतसँग ९ किसिमका अपरेशनल मिसाइल छन् । जसमा अग्नि ३ पनि पर्छ । भारतसँवग ब्रह्मोस रहेको छ जसलाई पानडुबी, पानीजहाज, विमान या जमीन जहाँबाट पनि छोड्न सकिनेछ ।

सेन्टर फर स्टारटेजिक एण्ड इन्टरनेशनल स्टडिजका अनुसार चीनको मद्दतबाट पाकिस्तानको मिसाइल कार्यक्रममा छोटो र मध्यम दुरीमा मार हान्न सक्ने हतियार रहेको छ । जसमा शाहीन–२ पाकिस्तानको सबैभन्दा रेन्जमा आक्रमण गर्न सक्ने हतियार हो । जसले २ हजार किलोमिटर परसम्म मार हान्न सक्छ ।

वायु सेना

वायु सेनाको कुरा गर्दा पाकिस्तान भन्दा भारत शक्तिशाली देखिएको छ । भारतसँग ८१४ कम्व्याट एयरक्राफ्ट छ । भारतको वायु सेनाको संख्या १२७२००रहेको छ । तर फाइटर जेटको संख्या भने भारतमा कम रहेको छ ।
पाकिस्तानसँग ४२५ कम्व्याट एयरक्राफ्ट छ ।

जलसेना

भारतीय जलसेनासँग एक एयरक्राफ्ट, १६ सबमरिन्स, १३ फ्रिगेट्स, १०६ पेट्रोल तथा कोस्टल कम्बोल जहाज छ । जल सेनासँग ६७,७०० जवानको दस्ता रहेको छ ।
पाकिस्तानसँग केवल ९ फ्रिगेट्स, ८ सबमरिन्स, १७ पेट्रोल तथा कोस्टल जहाज छ ।

परमाणु शक्ति

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार परमाणु शक्तिमा भने भारतभन्दा पाकिस्तान शक्तिशाली देखिएको छ । पाकिस्तानसँग १४० देखि १५० परमाणु बम छ भने भारतसँग १३०–१४० परमाणु बम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : २२ बजे

आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी