काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार | Khabarhub Khabarhub

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट २०४ जना विपन्न, असहाय र वेवारिसेले सेवा प्राप्त गरेका छन्‌ । सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका महानगरपालिकाले जानकारी दिएको छ ।

लक्षित वर्ग निःशुल्क उपचारमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया भएको हो ।

दोस्रोमा फेमिली मेडिसिन सेवा लिनेको सङ्ख्या उच्च छ । यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन् ।

सात जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वाश सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाव सम्बन्धी समस्यामा सेवा लिएका हुन्‌ ।

सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिएका छन्‌ । काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जनाले, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएका छन्‌ ।

सेवा प्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन्‌ । यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जना विरामीले सेवा लिएका हुन्‌ । यो करिब ७४ लाख १६ हजार रुपियाँ खर्च बराबरको उपचार सेवा हो ।

यो संख्या सेवा प्रारम्भ भएको मिति २०८० फागुन १ गतेदेखि अहिलेसम्मको हो । लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन ।

यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फत सेवा प्रारम्भ गरेको हो ।

सेवालाई सहजीकरण गर्न महानगरपालिकाको स्वास्थ्य विभागमा फोकल पर्सनको प्रबन्ध गरेर सहजीकरण हुने गरेको छ । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या महानगरपालिकाको प्रणालीमा आवद्ध भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ३६ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न