वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रौतहट घर भएकी २७ वर्षीय सिर्जना कार्की र भक्तपुर घर भएका ३५ वर्षीय सरोज सुवाल रहेका छन् ।

पक्राउ परेका मध्ये कार्कीले एक जना पीडितलाई रोमानिया पठाउने भन्दै चार लाख रुपैयाँ लिएको र सुवालले पनि अर्का एक पीडितबाट सर्विया पठाउने भन्दै तीन लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : २४ बजे

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मनाङमा कात्तिक १७ मा उप-निवार्चन हुने

मनाङ– हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

काठमाडौं– मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

दमौली– तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा