बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग « Khabarhub

बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि काठमाडौंको कपनमा आक्रमण भएको छ । 

बुधबार राति पौने ९ बजे कपनस्थित प्रगति चोकमा उनीमाथि नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले आक्रमण गरेको हो । 

रड प्रहारबाट भण्डारीको टाउकोमा १० टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको छ । शरीरभर निलडाम रहेका रास्वपाले जनाएको छ । ज्यान लिने उद्देश्यसहित आक्रमण गरिएको भन्दै रास्वपाले घटनाको घोर निन्दा गरेको छ । 

‘यस निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानूनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ रास्वपाको केन्द्रीय र्याटका संयोजक प्रदीप तिमल्सेना (साजन)ले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ०७ बजे

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण