एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा  « Khabarhub

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र जापानविरुद्धको परेडबारेको धारणा माग गरेको छ । 

एकीकृत समाजवादीका तर्फबाट सांसद राजेन्द्र पाण्डेले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै विषयबारेको धारणा माग गरेका हुन् ।
 
पाण्डेको धारणा जस्ताको त्यस्तै– 
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई वटा विवादास्पद कुराहरू सुनिएको छ । र देखिएको छ । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)मा नेपाल सहमत भएको कुरा आएको छ । 

चीनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति जीएसआईमा नेपाल समर्थन गर्छ भनिएको छ । 
प्रधानमन्त्रीको भ्रमण दलका नेता र मन्त्रीहरूले यसमा नेपालको समर्थन छैन भन्ने कुरा भन्दै आएको देखिन्छ । सत्य कुरा चाँहि के हो रु यो प्रष्ट हुन जरूरी छ । 

चीनले जापानमाथि विजय गरेको दोस्रो विश्वयुद्धको अन्यको ८० औँ वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा सम्माननीय प्रधानमन्त्री सामेल हुनुभयो । जापान नेपालको प्रमुख विकास साझेदार मुलुक हो । 

जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा भाग लिनु नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विरोध भएन रु यसबारे सम्माननीय प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सत्य के हो, जानकारी गराउनको लागि हार्दिक आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ४० बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल