आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । 

रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम् रूप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण तथा जीवनशैलीका रुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रूपान्तरण गर्नुपर्ने बताए। 

आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगीन अभिभारालाई पूरा गर्न सबै आ-आफनो ठाउँबाट क्रियाशील हुनुपर्ने राष्ट्रपति पौडेलले बताए। 

लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले   व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताए। 

उनले भने, ‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र तथा पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रूपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्दै उनी निर्भिक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताए। 

राजेश्वर नेपालीले निरङ्कुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरी एउटा कवि र कलमजीवीका रुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शका लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ४४ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा