रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने « Khabarhub

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे धारणा सार्वजनिक गर्दै वाक स्वतन्त्रता र नियमनलाई छुट्टै दृष्टिले बुझ्नुपर्ने बताएकी छन्।

उनले सामाजिक सञ्जाल र भर्चुअल प्लेटफर्मलाई नियमित र नियमन गर्नु वाक स्वतन्त्रतामाथि बन्देज नभएको बताएकी छन् । नागरिकले आफ्नो अधिकारसँगै दायित्वलाई पनि स्वीकार गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

झाँक्रीले यस प्रसंगमा पशुपतिनाथको उदाहरण दिएकी छन् । ‘पशुपतिनाथको दर्शन गर्नु नागरिकको अधिकार हो। तर हजारौँ मानिसलाई सहजता होस् भनेर बनाइएका नियमलाई मान्नु सबैको कर्तव्य हो। बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्रै दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि’, उनले भनेकी छन् ।

झाँक्रीले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीबेइज्जती गर्न नपाइने बताइन् । त्यसैले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उनको तर्क छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : १० बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल