सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित | Khabarhub Khabarhub

सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई भित्र्याएको छ । सुदूरपश्चिम रोयल्सले शुक्रबार बिहान क्रिसलाई टिएममा अनुबन्ध गरेको हो । 

यससँगै क्रिस सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएको रेकर्ड छ । 

उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग जस्ता फ्रेन्चाइज लिगहरूको अनुभव लिइसकेका छन् । एनपीएलको दोस्रो संस्करण आगामी मसिंर १ गतेबाट सुरू हुँदै छ । 

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले उपाधि जित्दा सूदूरपश्चिम रोयल्स उपविजेता भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : १९ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना