ओलीले भने- चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि हो भनेर प्रष्टसँग सम्झाएको छु « Khabarhub

ओलीले भने- चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि हो भनेर प्रष्टसँग सम्झाएको छु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले निरन्तर गलत प्रचार गर्ने गरेको गुनासो गरेका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार ललितपुरको गोदावरीमा सम्बोधन गर्दै ओलीले विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरेको बताए ।

प्रधानमन्त्री ओलीले स्पेन भ्रमणदेखि लिएर हालैको चीनद्वारा तयार गरेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्मका विषयमा विपक्षीले तथ्यहीन प्रचार गरेको दाबी गरे।

‘हामीले राष्ट्रको शीर माथि उठाउँदा विरोधीहरूलाई पोल्छ, अनि एक अम्खोरा पानी पिउँछन् घट्घटी,’ ओलीले भने।

भारतीय अतिक्रमणमा परेको लिपुलेकबारे चीनका राष्ट्रपति सी चिनफिङसँग भएको वार्ताको विस्तृत विवरण ओलीले विधान महाधिवेशनमा सार्वजनिक गरे ।

प्रधानमन्त्री ओलीले चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति दृढ अडान व्यक्त गरेको बताए। ‘लिपुलेकमा भारत–चीनबीच भएको सम्झौता हाम्रो भूमिबाट स्वीकार्य छैन भनेर मैले चिनियाँ राष्ट्रपतिसँग स्पष्ट राखेको छु। यसबारे राष्ट्रपति सी चिनफिङले नेपालप्रति चीनको पूर्ण सम्मान हुने बताउनु भएको छ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत मात्रै हुने बताएका छन्।

‘हामीले सीमा विवादमा तेस्रो देशलाई ल्याउने खोजेका छैनौँ, दुई पक्षीय हस्ताक्षरकारीसँगै वार्ता गरेका हौँ’, उनले भने, ‘कतिपयले दबाब दिन खोजेका होलान्, कतिपयले उकास्न खोजेका होलान्, तर हामी राष्ट्रिय हितमा सम्झौता गर्ने पक्षमा छैनौं ।’

चीनका राष्ट्रपति सी चिनफिङसँगको वार्तामा आफू लिपुलेकबारेमा भारत र चीनका बीचमा भएको सम्झौताको विरोध जनाएको पनि उनले दोहोर्‍याए ।

‘हाम्रो भूमि लिपुलेकबाट दुईवटा देशले व्यापार आदान प्रदान गर्ने काम अघि बढाउन मिल्दैन भनेर राखेको छु । यो कुरा रेकर्डेड छ । यो अडियो र भिडियो दुवैमा छ, टिपोटहरूमा छ’, उनले भने ।

चिनियाँ राष्ट्रपतिले यसको जवाफ दिँदाको विवरण पनि उनले सुनाए । ‘हामी नेपालको सार्वभौम सत्ताको पूरा सम्मान गर्दछौँ । यसबाट तपाईंहरूलाई जुन आशंका गएको यसमा हाम्रो ध्यान छ । तपाईंहरूको कुनै राष्ट्रिय सार्वभौमसत्तामा तलमाथि पर्न दिने छैन’, चिनियाँ राष्ट्रपतिको भनाइबारे उनले भने, ‘यो सीमानाको विषय नेपाल र भारतको मुद्दा हो । तपाईंहरूले वार्ताबाट, कूटनीतिक माध्यमबाट समाधान गर्नुस् भन्ने शुभेच्छा व्यक्त भएको छ।’

राष्ट्रपति सीले नेपालको सार्वभौमसत्तामा सम्मान रहेको बताएको पनि ओलीले सुनाए । ‘तपाईंहरुको सार्वभौमा सत्ता र भौगोलिक अखण्डताप्रति चीनको दृढ अडान छ’, सीको भनाइबारे ओलीले भने ।

उनले यसबारेमा भारतसँग संवादबाटै समाधान गर्ने बताए । ‘हामीले तेस्रो देशलाई ल्याउन खोजेको होइन । हामीले यो भएन भनेर आवाज उठाएका हौँ’, उनले भने, ‘दुई पक्षीय हस्ताक्षरकारीसँग वार्ता गरेका हौँ । यसमा तलमाथि परेको छैन ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : ३४ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ