स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने « Khabarhub

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकाअनुसार विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो सुविधा स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने बताए । 

उनले भने, ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बिमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ । यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्नेछ ।’

यसका लागि हालका सेवाग्राहीलाई आउँदो असोज मसान्तभित्र बिमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाइएको प्रवक्ता बुढाथोकीले जानकारी दिए  । रासस

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : ३६ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण