यस्तो देखियो एमालेको विधान महाधिवेशन (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर-नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल सनराइज सभा हलमा उद्घाटन भएको छ।

विधान महाधिवेशनका क्रममा गोदावरीको मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारदेखि नै झकिझकाऊ बनाइएको छ।

महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । हलको मञ्चमा ठूलो डिजिटल बोर्ड राखिएको छ । जसको अगाडि १८ जना पदाधिकारी बसेका छन् ।

दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।

त्यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखिएको छ । दायँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्विर राखिएको छ ।

मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको झण्डा राखिएको छ ।

प्रत्यक्ष प्रशारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल वोर्ड राखिएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित एमालेको दोस्रो विधान महाधिवेशन सुरू भएको हो ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयम्सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : ०५ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास