हुलाक सेवा विभागले गर्‍यो एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना « Khabarhub

हुलाक सेवा विभागले गर्‍यो एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको छ ।हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसंगको सहकार्यमा एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो ।

हुलाक टिकट प्रदर्शनीको शुक्रबार विभाग परिसर बबरमहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गरिन् । सचिव अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताइन् ।

उनले आफ्नो महत्त्व झल्किने गरी सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिइन् । मन्त्रालयका तर्फबाट मातहतका निकायलाई गर्ने सहयोग सदैव कायम रहने उनको भनाइ छ । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सम्पदा झल्काउने हुलाक टिकट प्रदर्शनीमा राखिएको बताइन् । उनले हुलाक टिकट चिठीको ऐतिहासिक महत्त्व रहेकाले यसलाई कायमै राखिने उल्लेख गरिन् ।  

प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको उनले बताइन्  । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : २९ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२