घाम र अगेनामा सुकाएको मासुमा क्यान्सरको तत्व! « Khabarhub

घाम र अगेनामा सुकाएको मासुमा क्यान्सरको तत्व!


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंका लागि धादिङकी मिरा लम्सालले १८ केजीको खसी अष्ठमीको दिन काटिन् । ६ जनाको परिवार १८ केजीको मासु एकैदिन सकिदैन थियो ।

त्यसमाथि दशैमा कादिने मासु पुर्णिमा सम्म खाने चलन छ । मिराले खसीका ४ वटा खुट्टाहरुलाई बेसार दलेर अगेनाको माथि झुन्ड्याइन् । बाँकी मासुलाई काटेर मरमसला हालेर ठूलो डेक्चीमा तेलमा तारिन् ।

दशैंमा टिका लगाउन आउनेहरुलाई त्यहि मासु खुवाउने सोचमा थिइन् मिरा । तेलमा तारेर राखेको मासु पुर्णिमासम्म पुग्छ भन्ने सोचमा थिइने उनी । तर उनले मरमसला हालेर पकाएर राखेको मासु टिकाको भोलीपल्ट नै ढुसी आयो । उनले झण्डै पाँच केजी जति मासु खाल्डोमा हालिन् ।

‘दशैंकोमा पकाइरहन पनि पर्देन सजिलो हुन्छ भनेर एकैपटक पठाएर राखे । मासु त ४ दिनमै ढुसी आयो,’ मिरालले भनिन्, ‘झण्डै पाँचकेजी मासु खाल्डोमा हाल्नुपर्‍यो । पाहुनाहरुलाई अर्को मासु ल्याएर खुवाए ।’

मीराले सुनाएको यो घटना पोहोरसाल दशैंको हो । दशैंको मासुलाई राम्रोसँग भण्डार गर्न नजान्दा मिराले दशैंको मासु खाल्डोमा हाल्नुपर्‍यो । मिरा मात्रै होइन, दशैंको समयमा धेरै नेपालीले मासुको भण्डारण गर्न नजान्दा मासु विग्रिएर फाल्ने गर्छन् । सायद तपाईको घरमा पनि यो समस्या परेको हुनसक्छ । त्यसैले मासुको भण्डारण र प्रयोग गर्दा सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् ।

मासु दशैंको विशेष परिकार हो । दशैको समयमा अष्टमीको दिन काटेको मासु पुर्णिमा सम्म पनि खाने चलन रहेको छ । मासु भण्डारण गर्दा ध्यान दिइएन भने मासु विग्रन सक्छ । त्यसैले मासुलाई सहि तरिकाले भण्डार गर्नुपर्छ ।

विशेष त मासुलाई तीन तरिकाबाट भण्डार गर्न सकिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘मासुलाई तीन तरिकाबाट भण्डारण गर्न सकिन्छ, काँचै फ्रिजमा, भुटेर र अगेना वा घाममा सुकाएर,’पोषणविद् उपाध्याय भन्छन्, ‘यसरी मासुको भण्डारण गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । नत्र दशैको मासु खान नपाइ विग्रेर फाल्नुपर्छ । धेरै नेपालीले भण्डारण गर्नै नजान्दा दशैको मासु फल्नेगर्छन् ।’

घाम र अगेनामा सुकाएको मासुमा क्यान्सरको तत्व!

पोषणविद् उपाध्यायका अनुसार दशैंको मासुलाई अगेनाको धुँवामा सुकाउनु स्वास्थ्यका लागि उचित हुँदैन । अगेनामाथि धुँवामा सुकाइएको मासुमा क्यान्सरका तत्वहरु उत्पादन हुँने भएकाले त्यसले दिर्घकालिन रुपमा असर पर्नसक्ने उपाध्यायको भनाइ छ ।

‘गाउँघरमा फ्रिज हुँदैन मासुलाई जोगाउन अगेना तथा घाममा मासुलाई सुकाएर पछि खाने गरीन्छ, त्यस्तो मासु स्वास्थ्यका लागि उपयुक्त छैन, घाममा सुकाएको मासुमा किटाणुहरु निस्किन सक्छ, अगेनामा सुकाएमो मासुमा क्यान्सर लाग्ने तत्वहरु मिसिन सक्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘घाममा सुकाएको, धुवाँमा सुकाएको मासुमा आगो तथा घामको तापले पाइरिन भन्ने तत्व बन्छ त्यसमा क्यान्सरको जोखिम हुन्छ । यस्तो क्यान्सर आज भोलि नै क्यान्सर त हुँदैन तर लामो समयसम्म खाँदा क्यान्सरको जोखिम बढ्छ ।’

यदि अगेनामा नै सुकाउन पर्ने अवस्था भएमा २ देखि ३ घण्टामात्रै सुकाउनुपर्ने उनको तर्क छ ।

मासुको भण्डारण कसरी गर्ने ?

दशैंको समयमा घरघरमा खसी, बोका, कुखुरा काट्ने चलन छ । घरमै नकाटेपनि दशैंको समयमा सबैको घरमा धेरै नै मासु ल्याइन्छ । यसरी दशैका लागि एकैपटक धेरै मासु सञ्चय गर्दा उपयुक्त तरिकाले भण्डारण नगर्दा मासु विग्रिने सम्भावना अधिक रहन्छ ।

त्यसैले मासुलाई फ्रिजमा राख्न उपयुक्त हुने पोषणविद् उपाध्याय बताउँछन् । तर गाउँघरमा मासुलाई सुरक्षित राख्न फ्रिज नहुन सक्छ त्यस्तो अवस्थमा मासुलाई चिसो पानीमाथि सफा भाडामा राखेर पनि सुरक्षित गर्न सकिने उनको भनाइ छ ।

‘मासुलाई पकाएपछि घरमा फ्रिज छ भने, फ्रिजमा राख्दा उपयुक्त हुन्छ, तर गाउँघरमा फ्रिज नहुनसक्छ फ्रिज नभएमा चिसो पानीमाथि राख्न सकिन्छ,’ उपाध्याय भन्छन्, ‘त्यसरी चिसोपानीमा राखेको मासुलाई खानुअघि राम्रोसँग तताएर मात्रै खानुपर्छ ।’

यस्तै सञ्चय गरेर राख्नुपर्ने मासुमा बोसो मिसाउदा छिटो विग्रन सक्ने भएकाले भण्डारण गर्ने मासुमा बोसो मिसाउन नहुने उपाध्यायको भनाइ छ ।

दशैंमा मासु खाँदा छाला र बोसो नभएको चिल्लो र मसला कम प्रयोग गरी खान पोषणविद् उपाध्यायको सुझाव छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ०० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ