एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी « Khabarhub

एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा पार्टीका सदस्यहरूको संख्या उल्लेख गरिएको छ । 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास) हरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ सांगठित सदस्य रहेका उल्लेख छ ।   

कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र ४ लाख ५७ हजार १४५ पुरूष रहेका छन् । प्रतिवेदनअनुसार एमालेका सबैभन्दा बढी संगठित सदस्य मधेश प्रदेशमा छन् । 

मधेशमा एमालेले १ लाख ५६ हजार जनालाई संगठित सदस्य बनाएको छ । ती मध्ये १ लाख ६५१ पुरूष र ५५ हजार ३९० महिला रहेका छन् । 

यसैगरी सात प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ४७ हजार ६४७ (३३ हजार ३८८ पुरूष र १४ हजार २५९ महिला) छन् । एमालेको प्रतिवेदनअनुसार कोशी प्रदेशमा १ लाख ४७ हजार १० र बागमती प्रदेशमा १ लाख १६ हजार ४९९ सदस्य छन् । 

लुम्बिनी प्रदेशका ८० हजार ३५२, सुदूरपश्चिम प्रदेशका ६३ हजार ११० र गण्डकी प्रदेशका ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन् । उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१ सदस्य रहेको एमालेले सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

यस्तै एमालेले भारत (प्रवास) मा १२ सय ६७ पुरूष र ४७६ महिला गरी १ हजार ७५२, प्रवास (तेस्रो मुलुक) मा ३ हजार ७०० पुरूष र ९३० महिला गरी ४ हजार ६२० सदस्य रहेका जनाएको छ । प्रतिवेदनमा केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरूष गरी ८५० संगठित सदस्य रहेका पनि उल्लेख छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ३७ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित