एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन « Khabarhub

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदावरी ललितपुर– नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।

स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।

‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रबीचको ध्रुवीकरण र विभाजनका बाहना हुनुहुँदैन । हामी के ठान्छौं भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ । कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरूसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ’, परराष्ट्र नीति खण्डमा उल्लेख गरिएको छ ।

राष्ट्रहरू जमिनको आकार, जनसंख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सकछन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ– ‘हामी विवादहरूको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौं । श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौँ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४१ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट