दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव « Khabarhub

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्  ।

शुक्रबार आयोजित दिगो विकासका लागि अन्तर विषयक अध्ययन विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति डा यादवले समाज कल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरे । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले अन्तर विषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तर्राष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए ।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयाम–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटलीकरणबारे गहन छलफल भएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता रहेको थियो । सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : ०२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म