इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा- इजरायली फौजले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको । आक्रमणमा अरु धेरै घाइते भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीहरूको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् ।

आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ । गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरहरूमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलाई निशाना बनाइ गरेको आक्रमणमा दुईजना प्यालेस्टिनीहरुको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ०८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो