लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छ : अध्यक्ष रेग्मी « Khabarhub

लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छ : अध्यक्ष रेग्मी


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताएका छन् ।

आयोगको हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत आज धनगढीमा आयोजित कार्यक्रममा उनले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा प्रतिबद्ध रहेको बताए ।

वर्षभरिमा आयोगले निजामतीतर्फ करिब चार हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्ने गरेको जानकारी दिए । उनले भने, ‘हामी गुणस्तर र प्रतिबद्ध प्रतिस्पर्धी खोजिरहेका छौँ ।’

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष एवं स्वच्छ कामको प्रशंसा गरे ।

कार्यक्रममा आयोगको समग्र विषय समेटिएको वृत्तचित्रका साथै कार्यपत्र प्रस्तुत गरिएको थियो । आयोगले विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थी सहभागी थिए । रासस

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ३८ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने