अब शुल्क तिर्न तयार व्यक्ति मात्रै एमाले सदस्य हुन सक्ने, कमिटीको उम्मेदवार हुन तालिम चाहिने « Khabarhub

अब शुल्क तिर्न तयार व्यक्ति मात्रै एमाले सदस्य हुन सक्ने, कमिटीको उम्मेदवार हुन तालिम चाहिने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

गोदावरी ललितपुर– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि प्रस्तावित विधानमा अब पार्टीमा दुई प्रकारका सदस्य राख्न प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्य र संगठित सदस्य रहने गरी प्रस्ताव गरिएको हो ।

पार्टी विधान धारा ४ को (क) लाई थप गर्दै पार्टी सदस्य र संगठित सदस्य गरेर दुई किसिमको सदस्यता रहने प्रस्ताव गरिएको छ ।

दुवै सदस्यताका लागि एमालेको नीति र विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुःल्क तिर्न तत्पर व्यक्ति मात्रै अब एमालेको सदस्यता लागि योग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

जनताको बहुदलीय जनवाद, पार्टीले लिएका नीतिमा समर्थन जनाउने व्यक्तिलाई साधारण सदस्यता प्रदान गरिने भएको छ ।

यसको परीक्षणकाल ६ महिनाको राखिएको छ । यस्ता सदस्यहरू पार्टीका सम्बन्धित कमिटीले तोकेको संगठनमा संगठित भई काम गर्नुपर्ने छ ।

संगठित सदस्यले कुनै न कुनै कमिटीमा अनिवार्य आबद्ध भएको हुनु पर्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको छ ।

कमिटीको उम्मेदवार हुन प्रशिक्षण चाहिने

एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीमा उम्मेदवार बन्नका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

धारा ६३ (१२) मा संशोधन प्रस्ताव गर्दै एमालेले हरेक नेतालाई पार्टीको नीतिसँग साक्षतकार हुनुपर्ने नीतिलाई कार्यान्वय गर्न यस्तो व्यवस्था गरिएको उपाध्यक्ष पौडेलले बताए ।

यद्यपि जुन व्यक्ति अहिले रहेको विद्यमान कमिटीको पदका लागि उम्मेरदवार हुन चाहेको खण्डमा प्रशिक्षणमा सहभागि बनेको प्रमाण आवश्यक पर्ने छैन् ।

उमेर हदको व्यवस्था हटाउने

सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्थालाई हटाउने प्रस्ताव अघि सारिएको छ ।

पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको उक्त व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौं केन्द्रीय कमिटीको बैठकले निष्क्रिय गरेको उक्त व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव महाधिवेशनमा गरिएको छ ।

बन्दसत्रमा उपाध्यक्ष पौडेलले गरेको विधान संशोधन प्रस्तावमा पार्टीका बैठकको समयमा हेरफेर गरिएको छ ।

धारा ७० मा केन्द्रीय कमिटी बैठक ६ महिनामा, प्रदेश कमिटी ४ महिना, जिल्ला कमिटी ३ महिना, पालिका कमिटी २ महिना र वडा कमिटी एक महिनामा बस्ने गरी समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ०५ बजे

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको