सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग « Khabarhub

सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने प्रक्रिया तत्काल स्थगित गर्न माग गरेको छ।

रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले शुक्रबार सम्माननीय सभामुखलाई पत्र बुझाउँदै खतिवडाको नियुक्ति प्रक्रिया नैतिक मापदण्ड विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन्।

पत्रमा खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखाएर राजीनामा दिएको तथ्य स्मरण गराइएको छ।

श्रेष्ठले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च पदमा जिम्मेवारी दिने कार्यले संसदको नैतिकता, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा आघात पुगेको आरोप लगाएका छन्।

‘नैतिकता र पारदर्शिता लोकतान्त्रिक प्रणालीका मूल आधार हुन्। संसदलाई जनताले विश्वास गर्ने संस्थाको रूपमा स्थापित गर्न विवादरहित व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ,’ पत्रमा भनिएको छ।

रास्वपाले खतिवडाको सुनुवाइ समितिमा सभापति नियुक्ति प्रक्रिया तत्काल रोकी नैतिक मापदण्डअनुसार पुनः निर्णय गर्न आग्रह गरेको छ।

तर रामहरि शुक्रबार नै संसदीय सुनुवाइ समितिको सभापतिमा निर्वाचित भइसकेका छन् । सुशासन समितिमा विवादित भए पनि कांग्रेसले उनलाई अर्को समितिमा लगेर सभापति बनाएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५० बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु