सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग | Khabarhub Khabarhub

सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने प्रक्रिया तत्काल स्थगित गर्न माग गरेको छ।

रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले शुक्रबार सम्माननीय सभामुखलाई पत्र बुझाउँदै खतिवडाको नियुक्ति प्रक्रिया नैतिक मापदण्ड विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन्।

पत्रमा खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखाएर राजीनामा दिएको तथ्य स्मरण गराइएको छ।

श्रेष्ठले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च पदमा जिम्मेवारी दिने कार्यले संसदको नैतिकता, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा आघात पुगेको आरोप लगाएका छन्।

‘नैतिकता र पारदर्शिता लोकतान्त्रिक प्रणालीका मूल आधार हुन्। संसदलाई जनताले विश्वास गर्ने संस्थाको रूपमा स्थापित गर्न विवादरहित व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ,’ पत्रमा भनिएको छ।

रास्वपाले खतिवडाको सुनुवाइ समितिमा सभापति नियुक्ति प्रक्रिया तत्काल रोकी नैतिक मापदण्डअनुसार पुनः निर्णय गर्न आग्रह गरेको छ।

तर रामहरि शुक्रबार नै संसदीय सुनुवाइ समितिको सभापतिमा निर्वाचित भइसकेका छन् । सुशासन समितिमा विवादित भए पनि कांग्रेसले उनलाई अर्को समितिमा लगेर सभापति बनाएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५० बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू