‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै « Khabarhub

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन् २०२४ को सुरुबाट हालसम्म झन्डै दुई हजार जनाको ज्यान लिइसकेको छ । यद्यपि पछिल्लो केही सातादेखि सङ्क्रमणको सङ्ख्यामा उत्साहजनक कमी देखिएको छ भनी अफ्रिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (अफ्रिका सिडिसी)ले जनाएको छ ।

बिहीबार साँझ आयोजित अनलाइन पत्रकार सम्मेलनमा अफ्रिका सिडिसीका एमपक्स घटनाका सह–प्रबन्धक याप बाउम द्वितीयले सन् २०२४ को सुरुयता २९ अफ्रिकी मुलुकहरूबाट एक लाख ८५ हजार ९ सय ९४ एमपोक्स सङ्क्रमणको घटना दर्ता भएको बताउनुभयो । तीमध्ये ५१ हजार ९ सय ६९ सङ्क्रमण पुष्टि भएका छन् भने एक हजार हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी सङ्घको स्वास्थ्यसम्बन्धी विशेष निकायका अनुसार सन् २०२५ मा अहिलेसम्म एक लाख लाख ५ हजार ६ सय ९७ एमपोक्स सङ्क्रमणका घटना दर्ता भइसकेका छन्, जुन सङ्ख्या सन् २०२४ को कुल सङ्ख्या ८० हजार २ सय ९७ भन्दा धेरै हो ।

तर, क्षेत्रीय तहमा भइरहेको सुधारात्मक प्रयासका कारण पछिल्लो समय एमपक्सका पुष्टि भएका तथा आशंकित दुबै प्रकारका घटनामा क्रमिक रूपमा गिरावट आएको छ । विशेषतः सन् २०२५ को मे महिनामा देखिएको उच्च स्तरको सङ्क्रमणको तुलनामा अहिले उल्लेखनीय कमी आएको बताइएको छ ।

अफ्रिका सिडिसीको तथ्याङ्क अनुसार, साप्ताहिक रूपमा पुष्टि हुने सङ्क्रमणको औसत सङ्ख्या ५२ प्रतिशतले घटेको छ । मे महिनामा साप्ताहिक औसत एक हजार ४४१ थियो भने पछिल्ला पाँच सातामा त्यो घटेर ६९५ मा झरेको छ ।

परीक्षणको पहुँचसम्बन्धी विवरण पनि सकारात्मक देखिएको छ । पछिल्लो ६ सातामा आशंकित घटनाहरूमा गरिएको परीक्षणको दर ३० प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।सन् १९५८ मा प्रयोगशालामा रहेका बाँदरहरूमा पहिलोपटक देखिएको एमपक्स एक दुर्लभ भाइरसजन्य रोग हो । यसले प्रायः ज्वरो, ¥यास ९छाला रोग० र ग्रन्थी सुन्निने लक्षण देखाउने गर्दछ ।

अफ्रिका सिडिसीले गत वर्ष अगस्टमा यस रोगलाई सम्पूर्ण महादेशको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो । त्यसको केही समयपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ०८ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित