सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ | Khabarhub Khabarhub

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिए । सो संस्थाका एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए ।

उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास गरी दुई तहको अदालतले जेल सजाय र बिगो भराउने फैसला गरेसँगै उनीहरु फरार थिए । प्रहरीका अनुसार सो मुद्दाका अझै १० जना दोषी फरार छन् ।

अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, रु ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो । उक्त फैसला विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकामा २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : १८ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन