एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे « Khabarhub

एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताएका छन् ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उनले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने बताए।

सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिए ।

‘प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञहरू, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ’, उनले गत साउनमा सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको स्मरण गर्दै भने।
 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १ : २४ बजे

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७