दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री  | Khabarhub Khabarhub

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री 


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन् ।
    
आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् । 

‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,’ उनले भने, ‘यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।’

 उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए। 

कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उहाँको भनाइ छ ।

‘महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्’, गृहमन्त्री लेखकले भने, ‘जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।’ 

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने धारणा राखे। गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

 वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए। 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : ३३ बजे

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका

उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

भक्तपुर– सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा