भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड « Khabarhub

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा व्यस्त छन् ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा उनी बिहीबार काठमाडाैं आएर न्यायिक भेटघाट गरिरहेका छन् । उनी आइतबारसम्म नेपालमा रहनेछन् ।

भ्रमणका क्रममा उनले ‘भारत–नेपाल न्यायिक संवाद’ कार्यक्रममा नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गर्दै विधिशास्त्र, न्यायिक सुधार र न्यायपालिकाको विकासशील भूमिकामाथि प्रकाश पारे।

यसअघि गत अप्रिलमा भारत र नेपालको सर्वोच्च अदालतबीच न्यायिक सहकार्य सुदृढ पार्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

उक्त एमओयुअन्तर्गत गठन भएको संयुक्त कार्यदलको पहिलो बैठकसमेत यसै भ्रमणका अवसरमा बस्ने भएको छ।

यस भ्रमणलाई भारत–नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई न्यायिक क्षेत्रमा पनि सुदृढ बनाउन महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ९ : ५१ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य