जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी « Khabarhub

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी गर्मीयाम अनुभव गरेको पोर्चुगल समुद्र तथा मौसम विज्ञान संस्थानले जनाएको छ।

यो वर्ष देशको औसत हावाको तापक्रम २३.५१ डिग्री सेल्सियस पुगेको छ। जुन सन् १९९१ देखि २०२० सम्मको औसतभन्दा १.५५ डिग्री बढी हो।

अधिकतम तापक्रमको औसत ३०.७८ डिग्री सेल्सियस मापन गरिएको छ, जुन पछिल्ला ९ दशकभन्दा बढी समययताकै उच्च हो।

देशभर ३३ ठाउँमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम रेकर्ड भएको छ भने १० ठाउँमा न्यून तापक्रमका नयाँ कीर्तिमान बनेका छन्। जुन २९ तारिखमा मोरा नामक सहरमा ४६.६ डिग्री तापक्रम मापन भएको थियो, जुन मुख्यभूमिको लागि जुन महिनामै पहिलोपटक भएको हो।

साथै, यो गर्मीयाम सन् १९३१ यताकै सबैभन्दा सुख्खा पनि भएको छ। देशभर कुल वर्षा मात्रा मात्र १०.९ मिलिमिटर मापन भएको छ, जुन औसतको २४ प्रतिशत मात्रै हो।

मौसम विभागले यो वर्षको गर्मीयामलाई ‘अत्यधिक गर्मी र अत्यधिक सुख्खा’भनेर वर्णन गर्दै, तापक्रमको अत्यधिक वृद्धि र न्यून वर्षाका कारण यो गर्मीयाम पोर्चुगलको मौसम इतिहासमा विशेष रह्यो भनेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ०९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने