ललितपुर महानगरद्वारा अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू) « Khabarhub

ललितपुर महानगरद्वारा अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।

आइतबार बिहान ३ वटा डोजर सहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं. ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो । 

नगरपालिकाले ३५ दिने सूचना टांस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेतु ले जानकारी दिए ।

 महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीति बमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेतुले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ११ : १६ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन