भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ « Khabarhub

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट दुई लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ बराबर रहेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । 

पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ०८ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले