कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ | Khabarhub Khabarhub

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।  

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् । 

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भए पनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताए । बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिइन् । 

त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि आम नागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने उल्लेख गरे । सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभई पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १ : २७ बजे

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ ।

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्